२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चेरीद्वारा विश्वकै ठूलो सोलिड-स्टेट ब्याट्री कारखाना निर्माण

images

  • २०८१ मंसिर ५, बुधबार
  • 2.3K
    SHARES
  • चेरीद्वारा विश्वकै ठूलो सोलिड-स्टेट ब्याट्री कारखाना निर्माण

    काठमाडौं : चिनियाँ अटो निर्माता चेरीले विश्वकै पहिलो र ठूलो सोलिड-स्टेट ब्याट्री उत्पादन गर्ने कारखाना निर्माणलाई अन्तिम चरणमा पुर्याएको दाबी गरेको छ। यस कारखानाले १ गिगावाट आवर क्षमताको सोलिड-स्टेट ब्याट्री उत्पादन गर्ने पहिलो प्रोजेक्टको रुपमा परिचित हुने बताइएको छ।

    उक्त कारखाना चिनको वुहु इकोनोमिक एन्ड टेक्नोलोजिकल डेभलपमेन्ट जोनमा निर्माण हुँदैछ। परियोजनाको पहिलो चरणमा १ लाख वर्गमिटर क्षेत्रफलमा फैलिएको यो कारखाना आगामी दिनमा विस्तार गरी ५ गिगावाट आवर उत्पादन क्षमतासम्म पुर्याइने योजना बनाइएको छ।

    साझेदारी र प्रविधिगत प्रगति

    चेरीले यस परियोजनाका लागि थाइल्यान्ड र जापानी कम्पनीहरूसँग साझेदारी गरेको छ। कारखाना चरणबद्ध रूपमा तीन पुस्ताका सोलिड-स्टेट ब्याट्री उत्पादन गर्नेछ।

    • पहिलो पुस्ताका ब्याट्रीहरू केही महिनाभित्रै उत्पादनमा आउनेछन्, जसको इनर्जी डेन्सिटी २ सय ८० वाट आवर प्रति किलोग्राम हुनेछ।
    • दोस्रो पुस्ताका ब्याट्रीहरू २०२५ सम्ममा तयार गरिने छन्, जसमा ४ सय  वाट आवर प्रति किलोग्राम इनर्जी डेन्सिटी हुनेछ।
    • तेस्रो पुस्ताका ब्याट्रीहरू २०२७ मा सार्वजनिक गरिनेछ, जसको इनर्जी डेन्सिटी ५ सय वाट आवर प्रति किलोग्राम पुग्ने बताइएको छ।

    वातावरणमैत्री र उन्नत प्रविधि

    सोलिड-स्टेट ब्याट्रीहरू परम्परागत ब्याट्रीहरूको तुलनामा बढी सुरक्षित, वातावरणमैत्री र उच्तम इनर्जी डेन्सिटीयुक्त मानिन्छन्। यसै कारण, यो प्रविधिमा चेरीसहित अन्य थुप्रै कम्पनीहरू जस्तै सिएटिएल काम गरिरहेका छन्।

    प्रमुख ब्रान्डहरूसँगको सहकार्य

    चेरीले उत्पादन गर्ने सोलिड-स्टेट ब्याट्री टोयोटा, हुन्डाई, मर्सिडीज बेन्ज र फक्सवागन जस्ता प्रमुख ब्रान्डहरूले आफ्नो विद्युतीय सवारीसाधन (EV) मा प्रयोग गर्ने सहमति जनाइसकेका छन्।

    यो परियोजनाले सोलिड-स्टेट ब्याट्री प्रविधिको वैश्विक उन्नतिलाई थप गति दिने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ