२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हृदयघात (हर्ट अट्याक) हुनुभन्दा एक महिना पहिले शरीरले दिने ७ चेतावनी संकेत, बेवास्ता नगर्नुहोस्!

images

  • २०८१ कात्तिक २५, आइतबार
  • 2.9K
    SHARES
  • हृदयघात (हर्ट अट्याक) हुनुभन्दा एक महिना पहिले शरीरले दिने ७ चेतावनी संकेत, बेवास्ता नगर्नुहोस्!

    काठमाडौं : हृदयघात जुनसुकै उमेरका व्यक्ति ‘युवा, वयस्क वा वृद्ध’ लाई अचानक हुन सक्छ। यस रोगको नाम सुन्दा नै धेरैलाई डर लाग्न सक्छ। आज स्वस्थ देखिने व्यक्ति भोलि अकस्मात् हृदयघातको शिकार भएर ज्यान गुमाउन सक्छ। यो जस्तोसुकै समयमा पनि आउन सक्छ। 

    यसले गर्दा प्रत्येक वर्ष धेरै मानिसले आफ्नो ज्यान गुमाउँछन्। धेरैलाई बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने भ्रम भए पनि यो युवा व्यक्तिमा पनि हुन सक्छ। हृदयघात हुनुभन्दा करिब एक महिना पहिले नै केही लक्षणहरू देखिन थाल्छन्। यी लक्षणहरूको समयमा पहिचान गरी आवश्यक कदम चाले, हृदयघातको जोखिम कम गर्न सकिन्छ।

    हृदयघात हुनुभन्दा पहिले देखिने केही मुख्य संकेतहरू

    1. छाती वा शरीरका अन्य भागमा पीडा – छातीमा दुखाइ, भारी महसुस वा शरीरका अन्य भागहरूमा पीडा हृदयघातको संकेत हुन सक्छ। छातीमा विशेषगरी बाउँडिने (अस्वस्थ महसुस गराउने) खालको पीडा भएमा तुरुन्त ध्यान दिनु आवश्यक छ।
    2. सास फेर्न कठिनाइ – सास फेर्न गाह्रो हुनु पनि हृदयघातको लक्षण हो। यो समस्या महिलामा विशेषगरी देखिन्छ। बिना कारण साँस लिन गाह्रो भईरहेमा चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।
    3. पाचनतन्त्रमा गडबडी – पाचन प्रक्रियामा समस्या आएमा पनि बेवास्ता गर्नु हुँदैन। पेट दुखाइ, अपच वा ग्यास्ट्रिक समस्या हृदयसँग जोडिएको हुनसक्छ र यो पनि हृदयघातको संकेत हो।
    4. अचानक आत्तिनु र तनाव महसुस गर्नु – तनाव, चिन्ता वा डर धेरै देखिएमा पनि यो सम्भावित हृदयघातको संकेत हुनसक्छ। मानसिक स्वास्थ्यलाई पनि यस अवस्थामा गम्भीरतासाथ लिनु आवश्यक छ।
    5. अत्यधिक पसिना – व्यायाम वा अन्य मेहनत नगर्दा पनि अत्यधिक पसिना आउनु हृदयघातको लक्षण हुनसक्छ। यस्तो अवस्थामा चिकित्सकलाई तुरुन्तै भेट्नुपर्छ।
    6. गोडा फुल्नु – यदि गोडामा वा अन्य अंगहरूमा सूजन देखिन थालेमा यो पनि हृदयघातसँग सम्बन्धित हुनसक्छ। मुटुले शरीरका अंगहरूमा रगत प्रवाह गर्न कठिनाइ महसुस गर्दा यस्तो समस्या देखा पर्छ।
    7. ढुकढुकी बढ्नु – लामो समयसम्म नसामा तेज दौडनु वा ढुकढुकी बढेको महसुस हुनु पनि बेवास्ता गर्नु हुँदैन। यस्तो अवस्थामा चिकित्सकको सल्लाह लिनु स्वास्थ्यका लागि लाभदायक हुनेछ।

    यी लक्षणहरू अनुभव भएमा आफ्नो स्वास्थ्यलाई बेवास्ता नगरी चिकित्सकसँग तुरुन्त परामर्श लिनु आवश्यक छ। स्वास्थ्यको ध्यान राखेर हृदयघातबाट बच्न सकिन्छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ