२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अमेरिकासँगको टि ट्वान्टी सिरिजमा नेपालले ‘क्लिन स्विप’

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 1.6K
    SHARES
  • अमेरिकासँगको टि ट्वान्टी  सिरिजमा नेपालले ‘क्लिन स्विप’

    काठमाडौँ : अमेरिकामाथि क्लिन स्वीप गर्दै टी–२० सिरिज नेपालले आफ्नो हात परको छ। टि ट्वान्टी सिरिजमा नेपालले अमेरिकामाथि रोमाञ्चक जित हात पारेको छ। सोमबार ग्रान्ड प्रेरिमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले जित गरेको हो। योसँगै अमेरिकाविरुद्ध नेपालले ह्याट्रिक जित निकाल्यो। विदेशी मैदानमा नेपालले यस्तो उपलब्धि हासिल गरेको पहिलोपटक हो।

    अमेरिकाले दिएको १५७ रनको लक्ष्य पछ्याएको नेपालले १८.४ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्‍यो। नेपालका ओपनर ब्याटर असिफ शेखले ३९ बलमा ५० रनको योगदान गरेका थिए। यस्तै, कुशल भूर्तेल र कुशल मल्लले ७४ रनको साझेदारी गरेका थिए। नेपालका लागि कुशल मल्लले ४५ रन, कुशल भूर्तेललले ४० रन र अनिल शाहले १३ रन बनाएका थिए।  

    बलिङमा अमेरिकाका जुवानाय ड्राइसडेल र जसदीप सिंहले एक/एक विकेट लिएका थिए।

    यसअघि  टस जितेर पहिला ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो। अमेरिकाका लागि साइतेजा मुक्कामल्लाले ६८ रन र मिलिन्द कुमारले ४३ रन बनाएका थिए। 

    बलिङमा नेपालका लागि सोमपाल कामीले ३ विकेट तथा रिजन ढकाल र ललित राजवंशीले १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ