२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

स्वास्थ्यमन्त्री पौडेलद्वारा बाढी प्रभावित काभ्रेमा नि:शुल्क उपचार र स्वास्थ्य सचेतनामा जोड

images

  • २०८१ असोज २०, आइतबार
  • 1.1K
    SHARES
  • स्वास्थ्यमन्त्री पौडेलद्वारा बाढी प्रभावित काभ्रेमा नि:शुल्क उपचार र स्वास्थ्य सचेतनामा जोड

    काठमाडौँ : माननीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलज्यूले बाढी पहिरो प्रभावित काभ्रे जिल्लाको धुलिखेल अस्पतालमा उपचाररत बिरामीको नि:शुल्क उपचार र सेवाको गुणस्तरबारे जानकारी लिँदै पूर्ण निको नहुँदासम्म सरकारले उपचार गर्ने प्रतिबद्धता जनाउनुभयो।

    साथै, विपद्का कारण स्वास्थ्य केन्द्र भत्किएर टेन्टमा उपचार सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीका समस्या समाधानका लागि पहल गर्ने बताउनुभयो।

    बेथा चोक, धुलिखेल र पनौतीको प्रभावित क्षेत्र अवलोकनका क्रममा मन्त्रीज्यूले विपद्पछि सङ्क्रामक रोग फैलन नदिन मन्त्रालयबाट वितरित शुद्धीकरण तथा सरसफाइका सामग्री प्रभावकारी वितरण गर्न र स्वास्थ्य सचेतना फैलाउन विशेष आग्रह  गर्दै आवश्यक थप सहयोग तत्काल उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो।

    उपचाररत बिरामीको अवलोकन तस्बिरहरू : 

    4.jpg
    2.jpg

    1.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ