२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अब लाइसेन्स भौतिक रूपमा होइन नागरिक एपमा, ट्राफिक व्यवस्थापनमा नयाँ युगको सुरुवात

images

  • २०८१ असोज १८, शुक्रबार
  • 1.5K
    SHARES
  • अब लाइसेन्स भौतिक रूपमा होइन नागरिक एपमा, ट्राफिक व्यवस्थापनमा नयाँ युगको सुरुवात

    काठमाडौँ : ट्राफिक प्रहरीले अब नागरिक एपमा रहेको सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) जाँच गर्न स्मार्टफोन प्राप्त गरेको छ। शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रममा ट्राफिक प्रहरीलाई यो सुविधा दिन स्मार्टफोन हस्तान्तरण गरिएको हो।

    यो प्रणाली लागू भएपछि सवारी चालकले अब भौतिक लाइसेन्स देखाउनुपर्ने छैन। नागरिक एपमा रहेको भर्चुअल लाइसेन्सको क्यूआर कोड स्क्यान गरेर ट्राफिक प्रहरीले लाइसेन्सको सत्यता पुष्टि गर्न सक्नेछन्।

    सुरुवाती चरणमा ट्राफिक प्रहरीलाई १०४ थान स्मार्टफोन उपलब्ध गराइएको छ। नेपाल प्रहरीका प्रमुख आईजीपी वसन्त कुँवरका अनुसार देशभरका ट्राफिक प्रहरीलाई कूल तीन हजार स्मार्टफोन आवश्यक पर्नेछ। जसमा हालका लागि एक हजार फोनको आवश्यकता रहेको छ।

    प्राप्त स्मार्टफोनको प्रयोगले ट्राफिक प्रहरीले चालकको नागरिक एपमा रहेको क्यूआर कोड स्क्यान गरेर लाइसेन्सको विवरण हेर्न र जरिवाना प्रक्रिया तत्काल सुरु गर्न सक्नेछन्। जरिवाना नतिरेको अवस्थामा पुनः क्यूआर कोड देखिँदै।  जसले गर्दा सवारी चालकले जरिवाना तिर्नुपर्ने बाध्यता हुनेछ।

    यो नयाँ प्रणाली ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने विश्वास गरिएको छ। ट्राफिक प्रहरीले छिट्टै यसको ओरियन्टेसन ट्रेनिङ कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।

    कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेपाल प्रहरीका उच्च अधिकारीहरू र प्रधानमन्त्रीका आईटी विज्ञ अस्गर अलीको उपस्थिति रहेको थियो। हालै नागरिक एपमा क्यूआर कोडको सुविधा थप गरिएको छ। जसले डिजिटल सवारी चालक अनुमतिपत्रको व्यवस्थापनलाई नयाँ गति दिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ