काठमाडौँ : काठमाडौँको दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ।
बिहीबार संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने ‘नेसनल डे कन्सर्ट’को स्टेज निर्माण लगायतको काम भइरहेकोले सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
प्रहरी कार्यालयका अनुसार केशर महल चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ।
काठमाण्डौंको दरबार मार्गमा नागरिक स्तरबाट संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा मिति २०८१-०६-०३ गते आयोजना हुने नेसनल डे कन्सर्ट को तयारीको लागि स्टेज निर्माण कार्य भइरहेकाले मिति २०८१-०६-०१ गते २०ः०० बजेदेखि मिति २०८१-०६-०३ गते २०ः०० बजे सम्मको लागि केशर महल चोकबाट दक्षिण गेट तर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिण गेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र सालिक चोकबाट दक्षिण गेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको ब्यहोरा जानकारी गराइन्छ ।’ उपत्यका ट्राफिक प्रहरी कार्यालयले भनेको छ।
सरकारले बिहीबार संविधान दिवसको मूल समारोह सैनिक मञ्च टुँडिखेलमा आयोजना गर्दै छ । सरकारले भोलि साँझ नारायणहिटी दरबार अगाडिको सडकमा साङ्गीतिक कार्यक्रम गर्दै छ।



