२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एन्फा महिला फुटबल लिग: आज एपीएफ क्लब विजयी

images

  • २०८१ भदौ ३०, आइतबार
  • 1.0K
    SHARES
  • एन्फा महिला फुटबल लिग: आज एपीएफ क्लब विजयी

    काठमाडौं : एन्फा महिला फुटबल लिगमा आज एपीएफ क्लब विजयी भएको छ भने झापाको चन्द्रपुर नगरपालिका र बागमती युथ क्लबले बराबरी खेलेका छन् । ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मदानमा भएको पहिलो खेलमा एपीएफ क्लबले कर्णाली प्रदेशलाई ६–० गोलले हरायो ।

    एपीएफका लागि रश्मीकुमारी घिसिङले दुई तथा निशा थोकर, गीता रानामगर, हिमा रावत र वर्षा ओलीले समान एक गोल गरे । यो जीतसँगै एपीएफ पाँच खेलमा १३ अङ्कसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । समान खेल खेलेको कर्णाली एक अङ्कका साथ नवौं स्थानमा छ ।

    आजै भएको दोश्रो खेलमा झापाको चन्द्रपुर नगरपालिका र बागमती युथ क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडेका छन् । अखिल नेपाल फुटबल सङ्घ )एन्फा) को आयोजनामा भइरहेको लिगमा १० टोली सहभागी छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ