२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रधानसेनापति स्वदेश फिर्ता

images

  • २०८० कात्तिक १७, शुक्रबार
  • 576
    SHARES
  • प्रधानसेनापति  स्वदेश फिर्ता

    कात्तिक १७, काठमाडौँ : प्रधानसेनापति प्रभुराम शर्मा जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरेर गए राति स्वदेश फर्किनुभएको छ। उहाँलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाध्यक्ष रथी सीताराम खड्काले स्वागत गर्नुभयो।

    प्रधानसेनापति शर्मा बेइजिङमा आयोजना भएको बेइजिङ झिङसान फोरम समुद्घाटन समारोहमा सहभागी हुनुभएको थियो। बेइजिङमा उहाँ र चिनियाँ जनमुक्ति सेना, सिएमसीका चिफ अफ स्टाफ जनरल लिउ झेनलीबीच भेटवार्ता भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। 

    भ्रमणका क्रममा प्रधानसेनापति शर्माले सियान सिटी, साङ्घाई र ग्वाङ्झाउमा अवस्थित चिनियाँ जनमुक्ति सेनाका विभिन्न एकाइ तथा शिक्षण संस्थाको भ्रमण गर्नुभएको थियो। भ्रमण दलमा मध्यपूर्वी पृतनापति उपरथी प्रेमध्वज अधिकारी र प्रधानसेनापतिको सैनिक सहायक तथा स्टाफ अधिकृत रहनुभएको थियो। प्रधानसेनापति शर्मा यही कात्तिक १० गते बेइजिङ प्रस्थान गर्नुभएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ