एजेन्सी: थाइल्याण्डका राजा महा वजिरालोङ्कोर्नले नयाँ पोर्टफोलियोको शाही अनुमोदन पछि शुक्रवार गठबन्धन सरकारमा प्रधानमन्त्री प्यातोङटार्न सिनावात्रा र क्याविनेट मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको छ ।
फेउ थाई पार्टी नेतृत्वको गठबन्धन अन्तर्गत प्यातोङटार्न र ३५ मन्त्रिपरिषद् सदस्यले राजधानी बैंककको दुसित दरबारमा आयोजित परम्परागत समारोहमा राजासमक्ष वफादारीको शपथ लिएका थिए । समारोहमा गठबन्धनका प्रमुख तीन दल फेउ थाई, भुमजैथाइ र युनाइटेड थाई नेशनका ६ उपप्रधानमन्त्रीहरु, मन्त्रिपरिषद्का मन्त्रीहरु र उनीहरुका उपप्रधानमन्त्रीहरु सहभागी थिए ।
सरकारी नीति वक्तव्य तयार गर्न शनिबार विशेष मन्त्रिपरिषद बैठक बस्ने कार्यक्रम छ । जुन उहाँले आधिकारिक रूपमा पदभार ग्रहण गर्नुअघि अर्को हप्ता संसदमा पेश गर्ने अपेक्षा गरिएको छ ।



