२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विश्वकप लिग-२ : श्रीलंकामा नेपालले एकदिवसीय शृंखला खेल्ने

images

सत्कार खबर
  • २०८१ भदौ १४, शुक्रबार
  • 541
    SHARES
  • विश्वकप लिग-२ : श्रीलंकामा नेपालले एकदिवसीय शृंखला खेल्ने

    काठमाडौं :विश्वकप छनोटअन्तर्गत लिग२ को तयारीका लागि नेपालले श्रीलंकासँग एकदिवसीय शृंखला खेल्ने भएको छ।

    नेपाल क्रिकेट संघ (क्यान)ले जनाएअनुसार नेपालले यसका लागि श्रीलंका भ्रमण गर्नेछ र एकदिवसीय शृंखलामा घरेलु टोली श्रीलंका डेभलभमेन्ट टिमसँग ३ एकदिवसीय खेल खेल्नेछ।

    श्रीलंका भ्रमणका क्रममा नेपालले स्थानीय क्लबसँग ३ ओटा अभ्यास खेल पनि खेल्ने क्यानले जनाएको छ।

    क्यानले श्रीलंका भ्रमणमा जाने राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। आईसीसी विश्वकप लिग–२ को तयारीस्वरुप श्रीलंका क्याम्पका लागि क्यानले १९ सदस्यीय टोलीको घोषणा गरेको हो। 

    क्यानले आज घोषणा गरेको टोलीमा कप्तान रोहित पौडेलसँगै, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, कुशल मल्ल, गुलशन झा र ललितनारायण राजवंशी रहेका छन्। 

    टोलीमा आसिफ सेख, आरिफ सेख, अनिल कुमार साह, देव खनाल, भीम सार्की, अर्जुन साउद, रिजन ढकाल, आकाश चन्द, सागर ढकाल र सन्दीप जोरा पनि समावेश छन्।  विश्वकप लिग–२ आगामी सेप्टेम्बरमा क्यानडामा हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ