२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

साफ च्याम्पियनशिप फुटबलमा आज बंगलादेशसंग र श्रीलंका भिड्दै

images

सत्कार खबर
  • २०८१ भदौ ४, मंगलबार
  • 676
    SHARES
  • साफ च्याम्पियनशिप फुटबलमा आज बंगलादेशसंग र श्रीलंका भिड्दै

     काठमाडौं : दक्षिण एसियाली देशहरुबीच हुने२० वर्षमुनिको साफ च्याम्पियनशिप फुटबल प्रतियोगितामा आज बंगलादेश र श्रीलंका खेल्दैछन् ।खेल ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा दिउँसो तीन बजे शुरू हुनेछ ।यसअघि हिजो भएको खेलमा साविक विजेता भारतले भुटानलाई १–० गोलले हरायो ।

    उद्घाटन खेलमा अस्ति आइतवार नेपालले श्रीलंकालाई १–० गोलले पराजित गरेको थियो  । नेपालले समूहको दोस्रो खेल पर्सि बिहीवार बंगलादेशसँग खेल्नेछ ।च्याम्पियनशिपमा पाकिस्तानबाहेक दक्षिण एसियाका ६ टोली सहभागी छन् ।

    ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको छ र दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रतियोगिताको समूह ‘ए’ मा आयोजक नेपालसँगै बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ