२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

इंग्लिस प्रिमियर लिगः  म्यानचेस्टर सिटीको सुखद् सुरुवात

images

सत्कार खबर
  • २०८१ भदौ ३, सोमबार
  • 441
    SHARES
  • इंग्लिस प्रिमियर लिगः  म्यानचेस्टर सिटीको सुखद् सुरुवात


    काठमाडौं : इंग्लिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । गएको सिजनको विजेता म्यानचेस्टर सिटीले चेल्सीलाई हराउँदै नयाँ सिजनमा विजयी सुरुवात गरेको हो । चेल्सीको घरेलु मैदान स्टामफर्ड ब्रिजमा सिटीले २–० को जित प्राप्त गरेको हो ।

    सिटीको लागि एर्लीङ हालान्ड र माटियो कोभाचिचले १–१ गोल गरे। सिटीले जितसँगै ३ अङ्क जोडेको छ । यस्तै गएराति नै भएको अर्को खेलमा ब्रेन्टफर्डले क्रिस्टल प्यालेसलाई २–१ ले पराजित गरेको छ ।

    योसँगै ब्रेन्टफर्डले पनि नयाँ सिजनमा विजयी सुरुवात गरेको छ । इंग्लिस प्रिमियर लिग अन्तर्गत आज राति टोटेनहम र लेस्टर सिटी खेल्दैछन् । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ