काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो श्रृङ्खलाको तयारीका लागि आज नेपाली टोली भारत जाने भएका छन् ।
नेपाल क्रिकेट सङ्घ क्यानले भारतको बेङ्गलोरमा रहेको राष्ट्रिय क्रिकेट एकेडेमी (एनसीए)मा दुई हप्ताको प्रशिक्षणका लागि नेपाली टोली भारत जान लागेको जनाएको छ ।
नेपालले आउँदो सेप्टेम्बरमा क्यानडा र ओमानसँग विश्वकप लिग–२ को दोस्रो शृङ्खला खेल्ने छ । त्यसको तयारीका लागि क्यानले नेपाली टोलीलाई भारत पठाउन लागेको हो ।
क्यानले बन्द प्रशिक्षणमा २२ जना खेलाडीलाई बोलाए पनि १९ जना मात्र सहभागी हुने बताइएको छ । टिममा परेका कप्तान रोहितकुमार पौडेल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामै ग्लोबल टी–२० लिग खेलिरहेकाले उनीहरू उतैबाट टोलीमा सहभागी हुनेछन् ।



