२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काभा महिला भलिबलमा नेपालको विजयी सुरुवात

images

सत्कार खबर
  • २०८१ साउन १७, बिहीबार
  • 801
    SHARES
  • काभा महिला भलिबलमा नेपालको विजयी सुरुवात


    काठमाडौं : काभा महिला भलिबल लिगमा नेपालले विजयी शुरुवात गरेको छ । काठमाडौं को त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा भएको खेलमा नेपालले पहिलो सेट २५–१९, दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१९ अंकले श्रीलंकालाई हराएको हो ।  

    जीतसँगै नेपालले ३ अंक जोडेको छ । आजको खेलमा नेपालका सुमित्रा रेग्मी र आरती सुवेदीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । आजै अर्को खेलमा बेलुकी सवा ६ बजे इरान र भारत खेल्दैछन् ।

    अब नेपालले दोस्रो खेलमा भोलि भारतसँग, तेस्रो खेलमा २ गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ