२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक हुने

images

सत्कार खबर
  • २०८० वैशाख २९, शुक्रबार
  • 356
    SHARES
  • चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक हुने

    काठमाडौं : चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा शुक्रवार नै सार्वजनिक हुने भएको छ । समय एकिन नभए पनि आजै मौद्रिक नीतिको समीक्षा जारी हुने गरी राष्ट्र बैङ्क सञ्चालक समितिको बैठक बसिरहेको सूचना अधिकारी नारायणप्रसाद पोखरेलले जानकारी दिनु भयो ।

     बिहान करिब ९ बजेदेखि बसेको सञ्चालक समिति (बोर्ड) को बैठक अहिले पनि राष्ट्र बैङ्कमा जारी रहेको छ । बोर्डको बैठक लगत्तै १–२ घण्टामा मौद्रिक नीतिको समीक्षा सार्वजनिक उहाँले बताउनु भयो ।

     खुकुलो मौद्रिक नीतिका लागि अर्थमन्त्रीको निरन्तरको दबाबका बीच तेस्रो त्रैमासको समीक्षामार्फत केही वित्तीय औजारहरूमा चलाउने योजना केन्द्रीय बैङ्कको छ ।

    बैङ्कको ब्याजदर र बैङ्क तथा वित्तीय संस्थाहरूका लागि कारोबारमा केही सुविधा प्रदान गर्ने गरी मौद्रिक नीतिको समीक्षाको ड्राफ्ट तयार भएको बुझिएको छ । मौद्रिक नीतिको समीक्षाले यसअघिको सेयर धितो कर्जा (मार्जिन लेन्डिङ)को १२ करोडको सीमा समेत केही परिमार्जन गर्दै सीमा वृद्धि गर्ने तयारी गरेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ