२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले एक खेल अगाडि जित्यो

images

सत्कार खबर
  • २०८१ साउन १४, सोमबार
  • 491
    SHARES
  • श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले एक खेल अगाडि जित्यो

    काठमाडौं :श्रीलङ्कासँगको तीन खेलको टी–२० श्रृङ्खला भारतले एक खेल अगाडि  जितेको छ । हिजो भएको दोस्रो खेल भारतले डकवर्थ–लुइस–स्टर्न पद्धतिका आधारमा ७ विकेटले जितेको हो ।

    वर्षाले प्रभावित खेलमा ८ ओभरमा ७८ रनको लक्ष्य पाएको भारतले ६ ओभर ३ बलमा ३ विकेट गुमाएर जितेको हो । भारतका लागि यशस्वी जैसवालले सर्वाधिक ३० रन बनाए । श्रीलङ्काका लागि महिश थिकसना, वाविन्दु हसरंगा र मथिसा पाथीरानाले समान १ विकेट लिए ।

    त्यसअघि श्रीलङ्काको पाल्लिखेलेमा टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ६१ रन बनायो । श्रीलङ्काका लागि कुशल परेराले सर्वाधिक ५४ रन बनाए । भारतका लागि रवि बिष्नोईले ३ विकेट लिए । भारतले पहिलो टी–२० आईमा ४३ रनको जित निकाल्दै सिरिजमा १–० को अग्रता बनाएको  थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ