काठमाडौं :नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् महसुल नतिर्ने उद्योगीको पक्ष लिएको भन्दै आपत्ति जनाउनु भएको छ ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकमा चौधरीले साउन ७ गते सदनमा सांसदसँगको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्रीले उपभोग नगरेको विद्युतको महसुल किन तिर्ने भन्दै उद्योगीको बचाउ गरेको आरोप पनि लगाउनु भयो ।
‘प्रधानमन्त्रीले गौरवसाथ भन्नुभयो, पैसा कमाएपछि तिरिहाल्छन् नि । उहाँका कारण काटिएको उद्योगको लाइन जोडिएको छ । जबकी जगदम्बा स्टिलले १२.६, रिलायन्सले ३१.५, हुलासले ६.७५, जगदम्बा सिमेन्टले ४.०६ र अर्घाखाँची सिमेन्टले १३.५ र घोराही सिमेन्टले २७ मेगावट विजुली उपभोग गरिरहेका छन्’उहाँले भन्नु भयो ‘उनीहरूले एकमुष्टमा ८ अर्बभन्दा धेरै रकम बक्यौता देखिन्छ ।’
सांसद चौधरीले कमाएपछि तिरिन्छ भन्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिमा आपत्ति जनाउँदै ओलीकै निर्वाचन क्षेत्रका सतार, सन्थाल झाँगडलगायत विपन्न समुदायमा त्यो कुरा लागू नभएको बताउनु भयो ।
‘के त्यहाँको हकमा पनि पैसा कमाएपछि तिरिहालिन्छ नि भन्ने कुरा लागू हुन्छ रु’उनले सोधे,‘एक हजार रुपैयाँ नभएर जनता अन्धकारमा बसेका छन् । एक अर्ब ६० करोड वक्यौता नतिर्नेलाई कारबाही नहुने यो कस्तो सुशासन हो ?’
ओली प्रधानमन्त्री हुँदा अघिल्लो सरकारमा देशभर काम नलाग्ने भ्यू टावर बनाइएको अर्को आरोप सांसद चौधरीले लगाउनु भयो ।



