२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक

images

सत्कार खबर
  • २०८१ साउन ११, शुक्रबार
  • 1.3K
    SHARES
  • काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक

    काठमाडौं:काभा महिला भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । नेपाल भलिबल सङ्घले आज काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै लिगको खेल तालिका र ट्रफी सार्वजनिक गरेको हो ।

    प्रतियोगिता यही साउन १७ देखि २३ गतेसम्म त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् राखेप को कभर्डहलमा हुनेछ ।

    नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरान गरी पाँच वटा देशले प्रतिस्पर्धा गर्दैछन् ।

    प्रतियोगितामा नेपालले उद्घाटन खेलमा साउन १७ गते श्रीलङ्कासँग, दोस्रो खेलमा साउन १८ गते भारतसँग, तेस्रो खेलमा साउन २० गते माल्दिभ्ससँग र चौथो खेलमा साउन २१ गते इरानसँग खेल्ने तालिका छ ।

    लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ