२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अमेरिकी डलर हालसम्मकै उच्च , बिक्रीदर मूल्य १३४ रुपैयाँ तोक्यो

images

सत्कार खबर
  • २०८१ साउन ९, बुधबार
  • 791
    SHARES
  • अमेरिकी डलर हालसम्मकै उच्च ,  बिक्रीदर मूल्य १३४ रुपैयाँ तोक्यो

     काठमाडौं :अमेरिकी डलरको मल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको बिक्रीदर मूल्य १३४ रुपैयाँ २१ पैसा तोकेको छ ।

    यसअघि आइतबार १३४ रुपैयाँ १७ पैसा उच्च मूल्य तय भएको थियो । त्यस्तै एक अमेरिकी डलरको खरिददर मूल्य १३३ रुपैयाँ ६१ पैसा छ ।

    साउदी एक रियालको बिक्रीदर मूल्य ३५ रुपैयाँ ७८ पैसा तथा खरिददर मूल्य ३५ रुपैयाँ ६२ पैसा छ । कतारी एक रियालको बिक्रीदर मूल्य ३६ रुपैयाँ ८० पैसा तथा खरिददर ३६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

    मलेसियन रिंगिटको बिक्रीदर मूल्य २८ रुपैयाँ ६३ पैसा र खरिददर मूल्य २८ रुपैयाँ ६० पैसा छ । यूएई दिरामको बिक्रीदर मूल्य ३६ रुपैयाँ ५४ पैसा तथा खरिददर मूल्य ३६ रुपैयाँ ३८ पैसा छ ।

    एक क्यानेडियन डलरको बिक्रीदर मूल्य ९७ रुपैयाँ ५६ पैसा छ भने अस्ट्रेलियन डलरको ८८ रुपैयाँ ९१ पैसा छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ