२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विदेश भ्रमण नजान प्रधानमन्त्री ओलीको निर्देशन

images

सत्कार खबर
  • २०८१ साउन ७, सोमबार
  • 646
    SHARES
  • विदेश भ्रमण नजान प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं: प्रधानमन्त्री केपी शर्मा  ओलीले सोमबारको मन्त्रिपरिषद् बैठकमा विदेश भ्रमणबारे तीनवटा निर्देशन दिनु भएको छ । 

    भ्रमण मण्डलमा दुई जनामात्रै भए पनि कम्तीमा एक महिला अनिवार्य हुनैपर्ने निर्णय भएको छ,’ एक मन्त्रीले भने, ‘तर रातदिन खटेर काम गर्नुपर्ने बेला भएको भन्दै प्रधानमन्त्रीले सकेसम्म भ्रमण नै नगर्न निर्देशन दिनुभएको छ ।’

    यसअघि तारन्तार विदेश भ्रमणमा गएको, लामो समय उतै रहेको भन्दै कतिपय मन्त्री आलोचनाको तारोमा पर्ने गरेका थिए ।

    कतिपय मन्त्री त पदमुक्त हुँदा विदेशमै रहने गरेका दृष्टान्तसमेत रहेको भन्दै प्रधानमन्त्रीले काम देखाउने प्रतिस्पर्धामा खरो उत्रन निर्देशन दिएको बताइएको छ । 

    सोमबारको मन्त्रिपरिषद बैठकले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीको विदेश भ्रमण स्वीकृत गरेको छ ।

    उद्योगमन्त्री भण्डारी विमस्टेक बैठकमा र खेलकुदमन्त्री चौधरी ओलम्पिक खेल समारोहका लागि फ्रान्स जान लाग्नु भएको हो । 

     

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ