२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आइसिसी टी–२० विश्वकप : अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत

images

  • २०८१ जेठ २०, आइतबार
  • 611
    SHARES
  • आइसिसी टी–२० विश्वकप : अमेरिका–क्यानडा मैदानमा, नेपाली टोलीको स्वागत

    अमेरिका : आइसिसी टी–२० विश्वकपमा सहभागी हुने सिलसिलामा यहाँ आएको नेपाली टोलीलाई गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद्ले स्वागत गरेको छ। 

    त्यस अवसरमा गैरआवासीय नेपाली सङ्घका वरिष्ठ उपाध्यक्ष विकास उप्रेती, उपाध्यक्ष भानु खरेल, नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द, नेपाली क्रिकेट टोलीका नेता  रोहित पौडेलले सङ्क्षिप्त मन्तव्य व्यक्त   गर्नुभएको थियो।

    टेक्सासको डलासस्थित ग्राण्ड प्रेरी रङ्गशालामा आजदेखि सुरु भएको उक्त प्रतियोगिता एक महिनासम्म चल्नेछ। अमेरिकाले पहिलोपटक आइसिसी प्रतियोगिता आयोजना गरेको हो।  

    आजको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको हो। अमेरिका र क्यानडाबीचको खेल जारी छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ