२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेप्से परिसूचक ३.३४ अंकले खुम्चियो

images

सत्कार खबर
  • २०८० वैशाख २८, बिहीबार
  • 516
    SHARES
  • नेप्से परिसूचक ३.३४ अंकले खुम्चियो

     काठमाडौं : बिहीबार सेयर बजार परिसूचक नेप्से ३.३४ अंकले गिरावट हुँदा १८३८.५९ अंकमा बन्द भएको छ । बैंकिङ, जीवन बीमा र म्युचुअल फण्ड उपसूचक बाहेक सबै उपसूचकमा गिरावट हुँदा नेप्से पनि घटेको हो ।

    वित्त कम्पनी उपसूचक सर्वाधिक ०.६७ प्रतिशतले वृद्धि हुँदा व्यापार उपसूचक ०.५९ प्रतिशत र विकास बैंक उपसूचक ०.४९ प्रतिशतले गिरावट भएको छ । यता बैंकिङ उपसूचक ०.०५ प्रतिशत र जीवन बीमा उपसूचक ०.०२ प्रतिशतले वृद्धि हुँदा म्युचुअल फण्ड उपसूचक पनि ०.४३ प्रतिशतले वृद्धि भएको छ ।

    नेप्सेसँगै कारोबार रकम पनि घट्दै गएको छ । सोमबार ८२ करोड र मंगलबार ७७ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम घटेर ५९ करोडमा सीमित भएको थियो ।

    बिहीबार अझै घटेर ७८ करोड ८३ लाखमा सीमित भएको छ । १६ हजार १७५ वटा कारोबारमा २१ लाख ३ हजार ७९१ कित्ता सूचीकृत धितोपत्र किनबेच हुँदा उक्त रकमको कारोबार भएको हो ।

    बिहीबार कारोबार भएकामध्ये नेपाल दूरसञ्चार प्राधिकरण (नेपाल टेलिकम)को सर्वाधिक ३ करोड १५ लाखको कारोबार हुँदा ग्लोबल आईएमई बैंकको संस्थापक सेयर करिब २ करोड ७१ लाख र शिवम् सिमेन्टको १ करोड ८० लाखको कारोबार भएको छ ।

    बिहीबार नेप्सेमा कुल २१६ सूचीकृत कम्पनीको सेयर कारोबार हुँदा ६४ कम्पनीको सेयरमूल्यमा वृद्धि भएको छ । त्यस्तै १३८ कम्पनीको सेयरमूल्यमा गिरावट हुँदा १४ कम्पनीको सेयरमूल्य स्थिर छ ।

    बिहीबार कारोबार भएकामध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य सर्वाधिक ६.१० प्रतिशतले वृद्धि हुँदा सिटिजन्स म्युचुअल फण्ड १ को इकाइमूल्य ५.८९ प्रतिशत र मनकामना स्मार्ट लघुवित्तको सेयरमूल्य ५.७१ प्रतिशतले गिरावट भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ