काठमाडौँ : राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल)को क्वालिफायरमा पुगेको छ। अहमदाबादमा बुधबार राति भएको इलिमिनेटर खेलमा बेंगलुरलाई ४ विकेटले पराजित गर्दै राजस्थान भएको हो। पराजित भएसंगै बेंगलुरू आईपीएलबाट बाहिरिएको छ भने राजस्थानले सनराइजर्स हैदरावादसँग क्वालिफायर खेल्नेछ।
बेंगलुरले दिएको १७३ रनको लक्ष्य राजस्थानले ६ विकेटको क्षतिमा पूरा गर्यो। राजस्थानका लागि यशस्वी जैसवालले ४० रन, रियान परागले ३६ रन, सिमरन हेटमायरले २६ रन तथा टम कोहलर-क्याडमोरले २० रन बनाएका थिए।
बलिङमा बेंगलुरका मोहम्मद सिराजले २ विकेट, लोकि फर्गुसन, कर्न शर्मा र क्यामरन ग्रीनले समान १/१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरले ८ विकेट गुमाएर १७२ रन बनाएको थियो। बेंगलुरका लागी रजत पतिदरले ३४ रन, विराट कोहलीले ३३ रन, महिपाल लोम्रोरले ३२ रन तथा क्यामरन ग्रीनले २७ रन बनाएका थिए।
बलिङमा राजस्थानका आवेश खानले ३ विकेट, रवीचन्द्रण आश्विनले २ विकेट, ट्रेन्ट बोल्ट, सन्दीप शर्मा र युजभेन्द्र चहलले समान १/१ विकेट लिएका थिए। दोस्रो क्वालिफायर खेल राजस्थान र हैदरावादबीच शुक्रबार हुनेछ। यो खेल जित्ने टोलीले आइतबार कोलकाता नाइट राइडर्ससँग उपाधिका लागि खेल्नेछ।



