२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

लखनउविरुद्ध हैदराबाद १० विकेटले विजयी

images

  • २०८१ वैशाख २७, बिहीबार
  • 306
    SHARES
  • लखनउविरुद्ध हैदराबाद १० विकेटले विजयी

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जाइन्ट सनराइजर्स हैदरावादसँग १० विकेट पराजित भएको छ। जितसंगै हैदारावाद १२ खेलमा १४ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ भने लखनउ १२  खेलमा १२ अङ्क साथ छैटौं  स्थानमा छ।

    बुधबार राति भएको खेलमा लखनउले दिएको १६६ रनको लक्ष्य पछाएको सनराइजर्सले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो। हैदरावादका लागि ओपनर ट्राभिस हेडले ३० बलमा ८ चौका र ८ छक्कासहित ८९ रन तथा अभिषेक शर्माले २८ बलमा ८ चौका र ६ छक्कासहित नटआउट ७५ रन बनाएका थिए।

    यसअघि हैदराबादको घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ४ विकेट गुमाएर १६५ रन बनाएको थियो। लखनउका लागि आयुष बडोनीले ५५ रन, निकोलस पूरनले ४८ रन, केएल राहुलले २९ रन र क्रुणाल पाण्ड्याले २४ रन बनाएका थिए।

    बलिङमा हैदरावादका लागि भुवनेश्वर कुमारले २ र प्याट कमिन्सले एक विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ