२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

आईपीएलमा लखनउलाई ९८ रन हराउँदै कोलकाता शीर्ष स्थान उक्लियो

images

  • २०८१ वैशाख २४, सोमबार
  • 546
    SHARES
  • आईपीएलमा लखनउलाई ९८ रन हराउँदै कोलकाता शीर्ष स्थान उक्लियो

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनउ सुपर जायन्ट्सलाई कोलकाता नाइट राइडर्सले ९८ रनको फराकिलो जित हात पारेको छ। जितसंगै कोलकाता ११ खेलबाट १६ अङ्क सहित शीर्ष स्थानमा उक्लिएको छ भने लखनउ ११ खेलमा १२ अङ्क साथ पाँचौ स्थानमा छ। साथै, राजस्थान रोयल्सको पनि १६ अंक भए पनि रनरेटका कारण दोस्रो स्थानमा छ। 
     
    कोलकाताले दिएको २३६ रनको लक्ष्य लखनउ १६.१ ओभरमा १३७ रनमै अलआउट भयो। लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिक ३६ रन, कप्तान केएल राहुलले २५ रन, एस्टन टर्नर १६ रन, आयुश बदोनी १५ रन तथा निकोलस पुरनले १० रन बनाएका थिए।

    बलिङमा कोलकाताका लागि हर्षित राना र वरुण चक्रवर्तीले समान ३/३ विकेट, आन्द्रे रसले २ विकेट, सुनिल नारायण र मिचेल स्टार्कले समान १/१ विकेट लिएका थिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर २३५ रन बनाएको थियो। सुनिल नारायणले विस्फोटक ब्याटिङ गर्दै ३९ बलमा ८१ रन बनाएका थिए। यस्तै, अंगकृष रघुवंशी र फिल साल्टले समान ३२/३२ रन, कप्तान श्रेयर ऐयरले २३ रन तथा रमनदीप सिंहले २५ बनाएका थिए।

    बलिङमा लखनउका लागि नवीन उल–हकले ३ विकेट तथा यश ठाकुर, रवि विश्नोई र युधवीर सिंहले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ