काठमाडौँ : टी–२० क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा आज नेपालले वेस्ट इन्डिजलाई ६ विकेटले हराउँदै सानदार जित निकालेको छ। पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो।
वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। नेपालका लागि अनिल शाहले सर्वाधिक ५८ रन बनाएका थिए। यस्तै, आसिफ शेखले ५१ रन, कुशल मल्लले ३७ रन, दीपेन्द्रसिंह ऐरीले ५ रन, कुशल भुर्तेलले १३ रन बनाएका थिए।
बलिङमा वेस्ट इन्डिजका लागि ओबेद म्याक्वाइले ३ विकेट र म्याथ्यू फोर्डले १ विकेट लिएका थिए।
त्यसअघित्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएका थियो।
वेस्ट इन्डिजका लागि एलिक एथानाजले ४२ रन, रोस्टन चेसले ३३ रन, जोनसन चार्ल्सले २४ रन, मार्क देयल र कादिम एलीनेले समान ११/११ रन, म्याथ्यू फोर्डले २३ रन, तथा फेबियन एलेनले ३ रन बनाएका थिए।
बलिङमा नेपालका लागि सगर ढकाल र सोमपाल कामीले समान ३/३ विकेट तथा अभिनाश बोहराले १ विकेट लिएका थिए।



