२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज नेपाल र वेष्ट इन्डिज‘ए बीच चौथो खेल खेल्दै

images

  • २०८१ वैशाख २०, बिहीबार
  • 386
    SHARES
  • आज नेपाल र वेष्ट इन्डिज‘ए बीच चौथो खेल खेल्दै

    काठमाडौँ : नेपालले चौथो टी-२० खेलमा आज वेस्टइन्डिज ए सँग खेल्दैछ। खेल आज अपराहन्न १२ : १५ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। ५ खेलको सिरिजमा  वेस्ट इन्डिज ‘ए’ ले २–१ ले अग्रता लिएको छ।

    हिजो वेस्ट इन्डिज ‘ए’सँगको  तेस्रो खेलमा नेपाल ७६ रनले पराजित भएको छ। यसअघि पहिलो खेलमा नेपालले वेस्टइन्डिजलाई ४ विकेटले हराएको थियो भने दोस्रो खेलमा नेपालले वेस्टइन्डिजसंग १० रनले पराजित भएको थियो।

    पहिलो खेलमा नेपालका कप्तान रोहित पौडेलले ११२ रन तथा दोस्रो खेलमा ७१ रन बनाएका थिए। दोस्रो खेलमा रोहितबाहेक अन्य ब्याटर भने चल्न सकेका थिएनन्। सिरिजको पाँचौँ तथा अन्तिम खेल वैशाख १९ शनिवार हुनेछ।

    नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी रहेका छन्। 

    वेस्ट इन्डिज टोलीमा रोस्टन चेस (कप्तानी) एलिक एथानाज, फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याक्वाइ, गुडाकेश मोती, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ