२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

images

  • २०८१ वैशाख १९, बुधबार
  • 461
    SHARES
  • नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित

    काठमाडौँ : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज ‘ए’सँग ७६ रनले पराजित भएको छ। जितका लागि २ सय २८ रनको विजयी लक्ष्य पच्छाएको नेपालको पारी १९.२ ओभरमा सवै विकेट गुमाउँदै १ सय ५१ रनमा समेटियो। 

    नेपालका लागि करण केसीले २८ रन, लोकेश बमले २८ रन, कुशल मल्लले २० रन, विनोद भण्डारीले १९ रन, अनिल साहले १४ रन, कप्तान दीपेन्द्रसिँह ऐरीले ७ रन, गुल्सन झाले ६ रन तथा विवेक यादव, सागर ढकाल र आरिफ शेखले समान ३/३ रन बनाएका थिए। करणले १७ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरेका थिए। बमले २९ बलमा १ चौका र २ छक्का हानेका थिए। 

    नेपाललाई १ सय ५१ रनमा समेट्ने क्रममा वेस्ट इन्डिज ‘ए’का हायडेन वाल्सले ३, गुदाकेश मोतीले २ तथा फबिएन एलेन, म्याथ्यु फर्ड र ओबेद म्याककोयले १/१ विकेट लिएका थिए। 

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ३ विकेट गुमाएर २ सय २७ रन बनाएका थियो। वेस्ट इन्डिजका लागि जोनसन चार्ल्सले ६१ बलमा सर्वाधिक ११९ रन बनाएका थिए। यस्तै, आन्द्रे फ्लेचर ५३ रन, फेबियन एलेनले १९ रन, एलिक एथानाजले १७ रन तथा किमो पलले १३ रन बनाएका थिए।  
     

    बलिङमा नेपालका लागि सगर ढकाल र करण के सीले समान १/१ विकेट लिएका थिए।

     पाँच खेलको जारी शङ्खलामा वेस्ट इन्डिज ‘ए’ दुई तथा नेपाल एक खेलमा पजयी भएको छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई चार विकेटले हराएको थियो। नेपाल दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’सँग १० रनले पराजित भएको थियो। शृङ्खलाको चौथो खेल बिहीबार हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ