२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
टी-२० विश्वकप एसिया छनोट

सिंगापुरमाथि नेपालको सानदार जित

images

  • २०८० कात्तिक १३, सोमबार
  • 656
    SHARES
  • सिंगापुरमाथि नेपालको सानदार जित

    कात्तिक १३, काठमाडौं : कुशल भुर्तेल सानदार ब्याटिङ सहयोगमा नेपालले टी–२० विश्वकप फाइनल एसियामा सिंगापुरमाथि ८ विकेटको सानदार जित हात पारेको हो। यस जितसँगै नेपालले प्रतियोगितामा २ अङ्क जोडेको छ।

    जितका लागि सिंगापुरले दिएको १४६ रन लक्ष्य नेपालले १६ ओभर ३ बलमा १ विकेट गुमाएर पूरा गर्‍यो। नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ७४ रन इनिङ खेलेका थिए। रोहित पौडेलले ३५ रन, आसिफ शेखले २७ रन र कुशल मल्लले ६ रन बनाएका थिए।

    बलिङमा सिङ्गापुरका लागि अनन्त कृष्ण र अक्षय पुरीले समान १/१ विकेट लिएका थिए।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १४५ रन बनाएको थियो।सिंगापुरका लागि रोहन रेन्गाराजनले सर्वाधिक ४६ रन बनाएका थिए। आर्यविर चौधरीले ३७ रन र मनप्रित सिंहले २४ रन बनाएका थिए। अक्षय पुरी १३ रनमा नटआउट रहेका थिए भने अन्यले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।

    बलिङमा नेपालका लागि अभिनाष बोहोराले ३ विकेट लिएका थिए। यसैगरी, सन्दीप लामिछाने, गुल्शन झा र करण केसीले २–२ विकेट लिएका थिए।

    अब, दोस्रो खेलमा नेपालले भोलि मलेसिया र  १६ गते बिहीवार ओमानसँग खेल्नेछ। नेपाल रहेको समूह 'ए' मा सिङ्गापुर, ओमान र मलेसिया छन् भने समूह 'बी' मा यूएई, बहराइन, हङकङ र कुवेत छन्।

    छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छन्। त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ