२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

हैदराबादमाथि चेन्नाइको फराकिलो जित

images

  • २०८१ वैशाख १७, सोमबार
  • 461
    SHARES
  • हैदराबादमाथि चेन्नाइको फराकिलो जित

    काठमाडौँ : इन्डियन प्रिमियल लिग (आइपिएल)मा सनराइजर्स हैदराबादमाथि चेन्नाइ सुपरकिङ्गले ७८ रनको फराकिलो जित हात पारेको छ। जितसँगै चेन्नाइ ९ खेलमा १० अङ्क सहित तेस्रो स्थानमा उक्लिएको छ भने हैदराबाद ९ खेलमा १० अङ्कका साथ रनरेटका आधारमा चौथो छ।

    गएराति भएको खेलमा २१३ रनको लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमै १३४ रन बनाएर अलआउट भयो। हैदराबादका लागि एडन मार्क्रमको ३२ रन, हेनरिक क्लासेन २० रन, अब्दुल समाद १९ रन, ट्राभिस हेड र नितिश रेड्डीले समान १५/१५ रन बनाएका थिए।

    बलिङमा चेन्नायका लागि तुषार देशपाण्डेले ४ विकेट लिएका थिए। यस्तै, मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २/२ तथा रवीन्द्र जडेजा र शार्दुल ठाकुरले समान १/१  विकेट लिएका थिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाइले ३ विकेटको गुमाएर २१२ रन बनाएको थियो। चेन्नाइका लागि कप्तान रुतुराज गाइकवाडले सर्वाधिक ९८ रन बनाएका थिए। यस्तै, ड्यारिल मिचेलले ५२ रन तथा शिवम दुबेले ३९ रन बनाएका थिए।

    बलिङमा हैदराबादका लागि भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ