काठमाडौँ : टी–२० क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा आज वेस्ट इन्डिजले नेपाललाई २ सय ५ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएका थियो।
वेस्ट इन्डिजका लागि रोस्टन चेसले ४५ बलमा ७४ रन तथा एलिक एथानाजले २५ बलमा ४७ रन बनाएका थिए। यस्तै, केसी कार्टीले ३८ रन, आन्द्रे फ्लेचर १३ रन, र कादिम एलीनेले १४ रन बनाएका थिए।
बलिङमा नेपालका लागि रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, अभिनाश बोहरा, कमलसिंह ऐरीले समान १/१ विकेट लिएका थिए।



