२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काठमाडौँबाट डेढ किलो सुन र १ करोड बढी रकमसहित ७ जना पक्राउ

images

  • २०८१ वैशाख १४, शुक्रबार
  • 366
    SHARES
  • काठमाडौँबाट डेढ किलो सुन र १ करोड बढी रकमसहित ७ जना पक्राउ

    काठमाडौँ : काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले १ किलो ७ सय ६८ ग्राम सुन तथा रु १ करोड ४३ लाख ६० हजार नगदसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

    पक्राउ पर्नेमा दार्चुला महाकाली नगरपालिका–३ टाँटे बस्ने ४७ वर्षीय गणेशदत्त बडू र आयुष बडू, झापा बिर्तामोडका दिनेश खरेल र भरतराज खरेल तथा भारत महाराष्ट्रका अमोल बिभुते, ऋषिकेशप्रकाश बिभुते र गणेशसतिश बाल्टे रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनुभयो।

    बिहीबार साँझ काठमाडौँको इन्द्रचोकबाट पक्राउ परेका उनीहरुलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ