कात्तिक १०, काठमाडौं : त्रिकोणात्मक टी २० शृङ्खला अन्तर्गत आज भएको फाइनल खेलमा नेपालले यूएईसामु जितका लागि १ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा आज टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनको योगफल बनायो।
नेपालका लागि कुसहाल भुर्तेलले २८ बलमा ३ छक्का र ६ चौका मद्दतमा सर्वाधिक ५० रन बनाएका थिए। नेपालका लागि करण केसीले २३ रन, दिपेन्द्र सिंह ऐरीले २० रन, रोहित पौडेलले १८ रन, सोमपाल कामीले १३ रन बनाएका थिए।
बलिङतर्फ यूएईका आयन अफजल खानले ३ तथा अली नसीर र जहूर खानले २/२ विकेट लिएका थिए।



