काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाले नेपाललाई ७४ रनको लक्ष्य दिएको छ। अल अमरेत क्रिकेट ग्राउण्ड १ मा टस हारेर पहिला ब्याटिङको गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो।
साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाएका थिए भने अन्य खेलाडीहरुले दोहोरो रन बनाउन सकेनन्। नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाले प्रभावित भएपछि ८ ओभरमा सिमित भएको थियो।
बलिङमा नेपालका लागि करण केसी र अभिनाश बोहराले समान २/२ विकेट तथा ललित राजवंशीले र प्रतिश जि.सीले समान १/१ विकेट लिएका थिए।



