२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
एसीसी प्रिमियर कप २०२४

साउदी अरेबियाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

images

  • २०८१ वैशाख ५, बुधबार
  • 771
    SHARES
  • साउदी अरेबियाविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

    काठमाडौँ : ओमानमा जारी एसीसी प्रिमियर कपमा आफ्नो समूह चरणको अन्तिम खेलमा साउदी अरेबियाविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ। नेपाल र साउदी अरेबियाबीचको खेल वर्षाको प्रभावित भएपछि ८ ओभरमा झारिएको छ। खेल नेपाली समय अनुसार दिउँसो २ :१५ मा सुरु हुनेछ।
     

    ओमानको अल अमरेत मैदानमा १ मा नेपालले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिंदै साउदी लाई ब्याटिङ गर्ने भएको हो। नेपालले तीव्र गतिका बलर सोमपाल कामीलाई आज विश्राम दिदै बायाँ हाते तीव्र गतिका बलर प्रतिश जि.सी मौका दिएको छ।

    नेपालको प्लेइङ ११ मा रोहित पौडेल (कप्तान), आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, प्रतिश जि.सी र अभिनाश बोहरा रहेका छन्। 

    प्रतियोगितको नेपाल साविक विजेता हो भने प्रतियोगितामा १० टिम सहभागी रहेका छन्। समूह ‘ए’ मा नेपाल, हङकङ, कतार, मलेसिया र साउदी अरेविया रहेका छन् तथा समूह ‘बी’ मा ओमान, युएई, कम्बोडिया, बहराइन र कुवेत रहेका छन्।

    समूह चरणका खेलपछि दुवै समूहका शीर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् भने सेमिफाइनल वैशाख ७ गते र फाइनल वैशाख ९ गते हुनेछ। फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ।


    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ