२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकप : पाकिस्तानमाथि अष्ट्रेलियाको सानदार जित

images

  • २०८० कात्तिक ४, शनिबार
  • 656
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप : पाकिस्तानमाथि अष्ट्रेलियाको सानदार जित

    कात्तिक ४, काठमाडौं : दुई शतक र स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ६२ रनको सानदार जित हात पारेको हो। यो जितसँगै अष्ट्रेलियाले शीर्ष चारको सम्भावना बढाएको छ। जितको लागि ३ सय ६८ रनको विशाल विजयी लक्ष्य पछ्याएको पाकिस्तान ४५।३ ओभरमा ३ सय ५ रनमा अल आउट भयो ।

    दुई शतक र स्पिनर एडम जाम्पाको उत्कृष्ट बलिङमा अष्ट्रेलियाले आइसिसी विश्वकप २०२३ मा पाकिस्तानमाथि ६२ रनको सानदार जित हात पारेको हो। अस्ट्रेलियाले दिएको ३६८ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ४५ ओभर ३ बलमा सबै विकेट विकेट गुमाएर ३०५ रन मात्रै बनायो। पहिलो विकेटका लागि अब्दुल्लाह सफिक र इमाम उल हकले १३४ रनको साझेदारी गरेका थिए।

    अस्ट्रेलियाका एडम जाम्पाले सर्वाधिक ४ विकेट लिएका थिए। त्यसअघि बेङ्गलुरुको चिन्नास्वामी स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको अस्ट्रेलियाले निर्धारित ओभरमा ९ विकेट गुमाएर ३६७ रन बनाएको थियो।

    अस्ट्रेलियाका डेभिड वार्नरले १६३ र मिचेल मार्शले १२१ रन बनाएका थिए। यी दुईले पहिलो विकेटका लागि २५९ रनको साझेदारी गरेका थिए। पाकिस्तानका लागि साहिन साह अफ्रिदीले सर्वाधिक ५ विकेट लिएका थिए।   

    यो जितसँगै अष्ट्रेलिया ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ चौथो स्थानमा उक्लिएको छ। पाकिस्तान ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ पाँचौं स्थानमा पुगेको छ। न्युजिल्यान्ड ४ खेलमा ८ अंकका साथ शीर्षस्थानमा छ। ४ खेलमा ८ अंक भएपनि भारत नेटरनरेटका कारण दोस्रो स्थानमा छ। दक्षिण अफ्रिका ३ खेलमा २ मा जित र १ मा हारसहित तेस्रो स्थानमा छ। इंग्ल्यान्ड ३ खेलमा २ अंकका साथ छैटौं स्थानमा छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ