काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइज हैदराबादले पञ्जाब किंग्सलाई २ रनले पराजित गरेको छ। जितसंगै ५ खेलमा ३ जित सहित हैदराबाद पाँचौँ स्थानमा छ भने ५ खेलमा २ जित सहित पञ्जाब छैठौँ स्थानमा छ।
गएराति भएको खेलमा हैदराबादले दिएको १८३ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै मात्र १८० रन बनायो। पञ्जाबका लागि शशाङ्क शर्माले सर्वाधिक ४६ रन बनाएका थिए। यस्तै, आशुतोष शर्माले ३३ रन, साम कुरनले २९ रन, सिकन्दर राजाले २८ रन, जितेश शर्माले १९ रन र शिखर धवनले १४ रन बनाएका थिए।
बलिङमा लागि हैदराबादका भुवनेश्वर कुमारले विकेट २ तथा प्याट कमिन्स, नटराजन, नितिश रेड्डी र जयदेव उनादकटले समान १–१ विकेट लिएका थिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ८२ रन बनाएको थियो। हैदराबादका लागि नितिश रेड्डीले ६४ रन बनाएका थिए। यस्तै, अब्दुल समादले २५ तथा ट्राभिस हेडले २१ रन बनाएका थिए।
बलिङमा पञ्जाबका लागि पञ्जाबका अर्शदीप सिंहले ४ विकेट, साम कुरन र हर्सल पटेलले समान २/२ तथा कागिसो रबाडाले १ विकेट लिएका थिए।



