२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपाल 'ए'र आयरल्यान्ड 'ए'बीच आज दोस्रो एकदिवसीय प्रतिस्पर्धा

images

  • २०८० चैत २३, शुक्रबार
  • 556
    SHARES
  • नेपाल 'ए'र आयरल्यान्ड 'ए'बीच आज दोस्रो एकदिवसीय प्रतिस्पर्धा

    काठमाडौँ : एकदिवसीय शृंखलाअन्तर्गत आज नेपाल ‘ए’ले आयरल्याण्ड ‘ए’विरुद्ध दोस्रो खेल खेल्दैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल बिहान साढे ९ बजे शुरु हुनेछ। यसअघि पहिलो खेलमा नेपाल आयरल्यान्डसँग २१ रनले पराजित भएको थियो।

    एकदिवसीय क्रिकेट शृङ्खलाको अन्तिम खेल पर्सि आइतवार हुनेछ। यसअघि नेपाल ‘ए’  टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो।

    नेपाल ‘ए’को टोलीमा विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शाहब आलम, रञ्जित कुमार, रुपेश सिंह, रिजन ढकाल, विकास आग्री र मौसम ढकाल रहेका छन्।

    आयरल्यान्ड ‘ए’ को टोली स् निल रक (कप्तान), रस अडेर, केड कारमाइकल, ग्यारेथ डेल्नी, स्टेफन डोहेनी, म्याथ्यु फोस्टर, फिओन ह्यान्ड, ग्याभिन होए, म्याथ्यु हम्फ्रिज, टम मेयस, लियाम मकार्थी, जेम्स मक्कोलम, पिजे मुर, मोर्गन टपिङ, बेन व्हाइट रहेका छन्।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ