२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सामान्य अंकले घट्यो नेप्से.कारोबार रकम ५९ करोडमा सीमित

images

सत्कार खबर
  • २०८० वैशाख २७, बुधबार
  • 616
    SHARES
  • सामान्य अंकले घट्यो नेप्से.कारोबार रकम ५९ करोडमा सीमित

    काठमाडौं: सेयर बजार परिसूचक नेप्सेमा एकल अंकको सामान्यले घटेको छ । बुधबार बजार परिसूचक नेप्से २.४३ अंकले वृद्धि हुँदा १८४१.९३ अंकमा बन्द भएको छ ।आइतबार र सोमबार लगातार दुई कारोबार दिन दोहोरो अंकले गिरावट भएको बजार परिसूचक नेप्से मंगलबार भने दोहारो अंकले नै बढेको थियो ।

    उत्पादनमूलक उपसूचक सर्वाधिक ०.६ प्रतिशतले वृद्धि हुँदा अन्य उपसूचक सबैभन्दा धेरै ०.७९ प्रतिशतले गिरावट भएको छ ।नेप्सेमा सामान्य गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । सोमबार ८२ करोड र मंगलबार ७७ करोडको कारोबार भएको बजारमा बुधबार कारोबार रकम ५९ करोडमा सीमित भएको छ । आर्थिक मन्दीको प्रभावले लगानी गर्न तयार लगानीकर्ता पनि पर्ख र हेरको अवस्थामा हुँदा नेप्सेमा कारोबार रकम घट्दै गएको बजारका जानकारहरु बताउँछन् ।

    बुधबार नेप्सेमा १६ हजार १०० वटा कारोबारमा १९ लाख ४२ हजार ६२६ कित्ता सुचिकृत धितोपत्र कारोबार हुँदा ५८ करोड ९१ लाखको कारोबार भएको हो । जसमध्ये हिमाल दोलखा हाइड्रोपावरको सर्वाधिक ३ करोड ५६ लाखको कारोबार हुँदा नबिल बैंकको ३ करोड ५४ लाख र शिवम् सिमेन्टको ३ करोड २९ लाखको कारोबार भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ