२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

images

  • २०८० चैत १३, मंगलबार
  • 731
    SHARES
  • पूर्वअध्यक्ष खड्कासहित ६ जना भ्रष्टाचार मुद्दामा दोषी ठहर

    काठमाडौँ  :  विशेष अदालत काठमाडौँले रामेछापको लिखु तामाकोशी गाउँपालिका पूर्वअध्यक्ष गोविन्दबहादुर खड्कासहित ६ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युतीकरण गर्दा भ्रष्टाचार भएको भन्दै पूर्व अध्यक्ष खड्का सहित २७ जनालाई मुद्दा चलाएकामा ६ जना दोषी ठहर भएका र अन्य २१ जनाले सफाइ पाएको विशेष अदालतका उपरजिस्ट्रार एवं प्रवक्ताधनबहादुर कार्कीले जानकारी दिनुभयो।

    उहाँका अनुसार पूर्वअध्यक्ष खड्कासहित राजुप्रसाद न्यौपाने, टङकप्रसाद चौलागाई, दुर्गाबहादुर तामाङ, नोर्बु लामा तथा पाइक कन्ट्रकसनका सञ्चालक अमृतबहादुर तामाङलाई अदालतले दोषी ठहर गरेको हो। पूर्वअध्यक्ष खड्कालाई रु १ करोड ९९ लाख जरिवाना र ६ महिना कैद सजाय सुनाइएको छ।  

    यसैगरी न्यौपाने र चौलागाईंको एकमा जनही ३ महिना कैद र रु ६३ लाख जरिवाना तथा तामाङ र लामाको हकमा जनही तीन महिना कैद तथा रु ३१ लाख जरिवाना हुने भएको उपरजिस्ट्रार एवं प्रवक्ता कार्कीले बताउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ