२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

उपत्यकामा डेंगु संक्रमण बढ्दै

images

  • २०८० असोज २२, सोमबार
  • 1.1K
    SHARES
  • उपत्यकामा डेंगु संक्रमण बढ्दै

    असोज २२, काठमाडौँ : मनसुन रोकीएसँगै काठमाडौं उपत्यकामा डेंगुका बिरामी बढ्दै गएका छन्। उपत्यकाका अधिकांश अस्पतालमा डेंगुको जटिलताबाट भर्ना हुने बिरामी संख्या बढ्दै गएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका शंकास्पद बिरामीको भिड लाग्ने गरेको छ। अन्य अस्पताल र प्रयोगशालामासमेत डेंगु संक्रमण पुष्टि भएपछि टेकु आकस्मिक कक्षमा भर्ना हुने चाप बढ्दै गएको हो।

    अस्पतालको ओपीडीमा दैनिक ३०–४० जना डेंगुसँग मिल्ने लक्षण भएका बिरामी आउने गरेका छन्। परिक्षण गर्न आउने अधिकांशलाई डेंगु पुष्टि हुने गरेको बताइएको छ। पाटन अस्पतालमा एक सातायता ४५ जना डेंगुका बिरामी भर्ना भएको अस्पतालले जनाएको छ। डेंगुका बिरामीका कारण अस्पतालमा बेड भरिंदै गएको छ। त्रिवि शिक्षण अस्पतालमा पनि पछिल्ला दिनमाम ओपीडीमा आउने बिरामीसँगै भर्ना हुने संख्या बढिरहेको छ।

    डेंगुको रोकथाम गर्नु भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो। साँझा–बिहान लामखुट्टेको टोकाइबाट बच्न सतर्क रहनुपर्छ। घरमा जालीढोका लगाउने, झुल टाँगेर सुत्ने, साँझा–बिहान सकेसम्म बाहिर ननिस्कने तर निस्कनै परे लामा बाहुला भएका लुगा लगाउने वा लामखुट्टे भगाउने क्रिम लगाएर हिँड्ने गर्नुपर्दछ।

    अघिल्लो वर्ष काठमाडौं उपत्यकामा डेंगुले महामारीकै रुप लिएको थियो। साउनदेखि फैलिएको डेंगु असोज र कात्तिको दोस्रो हप्तामा तीव्ररूपमा डेंगुको केस रिपोर्ट भएको थियो। त्यो वेला ५४ हजार ७८४ जना डेंगुबाट संक्रमित भएका थिए। संक्रमणकै कारण ८८ जनाले ज्यान गुमाएका थिए, जसमा अधिकांश उपत्यकाका संक्रमित थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ