२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

विश्वकप क्रिकेटको तयारी गर्न नेपाली टिमलाई सरकारले दियो ५ करोड

images

  • २०८० फागुन २३, बुधबार
  • 1.2K
    SHARES
  • विश्वकप क्रिकेटको तयारी गर्न नेपाली टिमलाई सरकारले दियो ५ करोड

    काठमाडौं : आईसीसी पुरुष टी-ट्वान्टी विश्व कपमा स्थान सुरक्षित गरिसकेको राष्ट्रिय क्रिकेट टोलीको तयारीका लागि अर्थ मन्त्रालयबाट ५ करोड रुपैयाँ विनियोजन गरेको छ।


    राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य–सचिव टंकलाल घिसिङले तयारी खर्च निकासा भएको जानकारी दिदै नेपाल सरकार, प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई धन्यवाद दिनुभयो।


    ‘नेपाली टोलीले क्रिकेटको विश्वकप जस्तो ठूलो प्रतियोगिता खेल्दैछ । विश्वकपको तयारीका लागि राष्ट्रिय खेलकुद परिषद्ले युवा तथा खेलकुद मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा रकम निकासाका लागि सिफारिस गरेको थियो। 


    खेलकुदको महत्वलाई बुझेर रकम निकासा गर्न सहयोग गर्ने नेपाल सरकार, प्रधानमन्त्री, अर्थ मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयप्रति हार्दिक आभार प्रकट गर्दै धन्यवाद दिन चाहन्छु।’ सदस्य–सचिव घिसिङले भने, ‘नेपाली टोली विश्वकपमा पुगपछि प्रधानमन्त्रीले नेपाली टोलीको तयारीका लागि लाग्ने खर्चमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। प्रधानमन्त्रीबाट प्रतिबद्धता पूरा भएको छ। अब खेलाडीले उच्च मनोबलका साथ तयारी गर्दै विश्व कपमा उत्कृष्ट प्रदर्शन गरी नेपालको प्रतिष्ठा अझ अभिबृद्धि गर्ने विश्वास लिएको छु।’

    सदस्य–सचिव घिसिङले नेपाल क्रिकेट संघलाई पूर्ण तयारीका लागि गम्भीर भएर अगाडि बढ्न भन्दै नेपाली टोलीलाई शुभकामना दिनुभयो।

    आइसिसी पुरुष टी–२० विश्वकप एसिया रिजनल क्वालिफायरको सेमिफाइनलमा युएइलाई ८ विकेटले हराउँदै आईसीसी पुरुष टी–२० विश्वकपका लागि नेपाल छनोट भएको थियो। सन् २०१४ मा पहिलोपटक टी ट्वान्टी विश्वकप खेलेको नेपालले १० वर्षपछि पुन विश्वकप खेल्न लागेको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ