२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

images

  • २०८० फागुन २३, बुधबार
  • 636
    SHARES
  • एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक बस्दै

    काठमाडौँ :  नेकपा (एकीकृत समाजवादी)ले नयाँ गठबन्धनको सरकारमा सहभागिता हुने /नहुने  विषयलाई टुङ्गो लगाउन आज केन्द्रीय सचिवालय बैठक बोलाएको छ। पार्टी केन्द्रीय कार्यालय आलोक नगर काठमाडौँमा बुधवार बिहान ११ बजे बोलाइएको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम लगायत विविध विषयमा छलफल हुने  पार्टीको केन्द्रीय सचिव जीवनराम श्रेष्ठले जानकारी दिनुभयो।

    पुरानो सत्ता गठबन्धन भत्किएर नयाँ समीकरणको विकास भएपछि नेकपा (माओवादी केन्द्र ) र नेकपा (एमाले) ले एकीकृत समाजवादी पार्टीलाई सरकारमा सहभागी हुन आग्रह गरेको छ। बैठकमा पार्टीले सत्ता समीकरणको उद्देश्य, निर्णय र प्रक्रियाबारे जानकारी लिने र दृष्टिकोण तय गर्ने सचिव श्रेष्ठले बताउनुभयो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ