२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आईसीसी एकदिवसीय विश्वकप क्रिकेट

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई खेल हुदै

images

  • २०८० असोज २०, शनिबार
  • 1.0K
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा  आज दुई खेल हुदै

    असोज २०, काठमाडौँ : जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अन्तर्गत आज दुई खेल हुदैछन्। जसमा पहिलो खेल अफगानिस्तान र बंगलादेशबीच भारतको धर्मशालामा नेपाली समय अनुसार १०ः४५ बजे हुदैछ भने दोस्रो खेल दक्षिण अफ्रिका र श्रीलंकाबीच नेपाली समय अनुसार अपराहन्न २ः१५ मा हुदैछ।


    अफगानिस्तान भर्सेस बंगलादेश

    यस विश्वकपमा दुबै देशले आफ्नो पहिलो खेल आज खेल्दैछन्। अफगानिस्तान र बंगलादेश अहिलेसम्म १५ एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा भएका छन् भने बंगलादेशले ९ खेलमा  जित र अफगानिस्तानले ६ खेलमा जित हासिल गरेका छन्।

    बंगलादेश  सातौं पटक विश्वकपमा खेल्दैछ भने अफगानिस्तान भने तेस्रो पटक विश्वकपमा खेल्दैछ। 

    अफगानिस्तान टिम : हस्मातुल्लाह शाहिदी (कप्तान), रहमानउल्लाह गुरबाज, इब्राहिम जद्रान, रियाज हसन, रहमत शाह, नजिबुल्लाह जद्रान, मोहम्मद नाबी, इक्राम अलीखिल, अज्मातुल्लाह ओमरजाई, राशिद खान, मुजीब उर रहमान, नूर अहमद, फजलहक फारुकी, अब्दुल रहमान, नवीन उल हक ।

    बंगलादेश टिम :  शकिब अल हसन (कप्तान), नजमुल हुसेन शान्तो , लिट्टन कुमार दास, तान्जिद हसन तमिम, तौहिद ह्रिदोय, मुशफिकुर रहिम, महमुदुल्लाह रियाद, मेहिदी हसन मिराज, नसुम अहमद, शाक महेदी हसन, तस्किन अहमद, मुस्ताफिउर रहमान, हसन महमुद, शोरिफुल इस्लाम र तान्जिम हसन साकिब ।

     

    दक्षिण अफ्रिका भर्सेज श्रीलंका 

    यस विश्वकपमा दुबै देशले आफ्नो पहिलो खेल आज खेल्दैछन्। दक्षिण अफ्रिका र श्रीलंकाबीच अहिलेसम्म ८० एकदिवसीय अन्तर्राष्ट्रिय खेल भएका छन् भने दक्षिण अफ्रिकाले ४५ खेल जित र श्रीलंकाले ३३ खेल जित हात पारेको छ। त्यस्तै, एक खेल बिना नतिजा र एक खेल बराबरीमा सकिएको थियो।

    दक्षिण अफ्रिका नवौं पटक विश्वकप खेल्दैछ भने श्रीलंका १३औं पटक विश्वकप खेल्दैछन्। 


    दक्षिण अफ्रिका टिम :  टेम्बा बाभुमा (कप्तान), गेराल्ड कोएत्जी, क्विन्टन डी कक (विकेटकीपर), रिजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, एडेन मार्कराम, डेभिड मिलर, लुंगी एनगिडी, एन्डिले फेहलुकवायो, कागिसो रबाडा, तबरेज शाम्सी, कागिसो रबाडा, लिजाड विलियम्स ।

    श्रीलंका टिम : दासुन शानाका (कप्तान), कुसल मेन्डिस, कुसल परेरा, पथुम निसान्का, दिमुथ करुणारत्ने, सदिरा समरविक्रमा, चारिथ असालान्का, धनन्जया डी सिल्भा, दुशन हेमन्था, महीश थिकक्षना, दुनिथ वेलालगे, कसुन राजिथा, मथीसा पथीराना, लाहिरु कुमारा र दिलशान मदुशंका ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ