२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेदरल्याण्ड्समाथि नेपालको सानदार जित

images

  • २०८० फागुन १९, शनिबार
  • 1.3K
    SHARES
  • नेदरल्याण्ड्समाथि नेपालको सानदार जित

    काठमाडौँ : टी-२० त्रिकोणात्मक सिरिजको चौथो खेलमा नेपालले नेदरल्याण्ड्समाथि सानदार जित हात पारेको छ। शृङ्खलाकाे आफ्नाे अन्तिम खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले हराएकाे छ।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गरेको हो। नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४६ रन बनाएका थिए। त्यस्तै, गुल्सन झाले ३८ रन, कुशल भुर्तेलले १२ रन तथा आसिफ सेखले ८ रन बनाएका थिए।

    यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएका थियो। नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्सका अधिकांश ब्याटर निरीह साबित भएका थिए।

    बलिङमा नेपालक लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिएका थिए। त्यस्तै, कुशल मल्ल र करण केसीले समान २/२ विकेट तथा दीपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए। नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाएका थिए। त्यस्तै, टिम भान डर गगटेनले २४ रन, स्कट एडवर्डस्ले १८ रन तथा भ्यान डर मर्वे २३ रन बनाएका थिए।

    जितसँगै नेपालले फाइनल सम्भावना बढेको छ। शृङ्खलाको अन्तिम खेलमा भोलि नामिबिया र नेदरल्यान्ड्सबीच खेल हुँदैछ। भोलिको खेल नेदरल्यान्ड्सले जिते नेपाल पनि फाइनलमा पुग्नेछ। यदि नामिबियाले जितेमा नेट रन रेटमा भर पर्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ