२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय २१ रनको लक्ष्य

images

  • २०८० फागुन १९, शनिबार
  • 656
    SHARES
  • नेदरल्याण्ड्सले नेपाललाई दियो १ सय २१ रनको लक्ष्य

    काठमाडौँ : टी- २० त्रिकोणात्मक सिरिजको पाँचौं खेलमा आज नेदरल्याण्ड्सले नेपाललाई १ सय २१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९.३ ओभरमा सबै विकेट गुमाएर १ सय २० रन बनाएका थियो।

    नेपालको कसिलो बलिङमा नेदरल्याण्ड्सका अधिकांश ब्याटर निरीह साबित भएका थिए। बलिङमा नेपालक लागि प्रतिश जिसीले घातक बलिङ गर्दै ३ विकेट लिएका थिए। त्यस्तै, कुशल मल्ल र करण केसीले समान २/२ विकेट तथा दीपेन्द्र सिंह ऐरीले एक विकेट लिएका थिए।

    नेदरल्यान्ड्सका लागि म्याक्स ओ डाउडले सर्वाधिक ३१ रन बनाएका थिए। त्यस्तै, टिम भान डर गगटेनले २४ रन, स्कट एडवर्डस्ले १८ रन तथा भ्यान डर मर्वे २३ रन बनाएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ