काठमाडौँ : टी-२० त्रिकोणात्मक सिरिजको तेस्रो खेलमा नेपालले नामिबियामाथि रोमाञ्चक ३ रनको जित हात पारेको छ। जित संगै नेपालको फाइनल पुग्ने संभावना कायम राखेको छ। अन्तिम ओभरमा करण केसीले कसिलो बलिङ गर्दै नेपालले जित हासिल गरको हो। नामिबियालाई जितका लागि १२ रन चाहिएको थियो तर करण केसीले ८ रन मात्र दिदै नेपाललाई जित दिलाएका थियो।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि १८१ रनको लक्ष्य पछ्याएको नामिबियाले २० ओभरमा १७७ रनमात्र जोड्न सक्यो। नामिबियाका कप्तान जेजे स्मिटले ५० रन बनाएका थिए। नेपालका करण केसी, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २/२ विकेट लिएका थिए तथा अभिनाश बोहराले १ विकेट लिएका थिए।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ८१ रन बनाएका थियो।नेपालका कुशल मल्लले अर्धशतक बनाएका थिए जसमा मल्लले ३७ बलमा नट आउट ५५ रन बनाएका थिए।
मल्लल र आरिफ शेखले पाचौं विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए। बनाएका थिए। नेपालका लागि आरिफ ३१ रन, गुल्सन झा २६ रन, अनिलकुमार शाह २३ रन, दीपेन्द्रसिंह ऐरी १६ रन, कप्तान रोहित पौडेल १० रन, करण केसी ७, सोमपाल कामी २ र आसिफ शेख १ रन बनाएका थिए। नामिबियाका बेन शिकोङ्गोले ३ विकेट लिएका थिए।
यसअघि नेपालले पहिलो खेलमा नामिबिया र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भोगेको थियो। अब शनिबार नेपालले नेदरल्यान्ड्ससँग खेल्नेछ। अब शनिबार नेपालले नेदरल्यान्ड्सलाई पराजित गरे वा नामिबियामाथि नेदरल्यान्ड्सले आइतबार जित निकाले नेपाल फाइनलमा स्थान बनाउनेछ। फाइनल खेल मंगलबार हुनेछ।
नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ भने नेपाल २ अङ्कसहित दोस्रो स्थानमा उक्लिएको छ तथा नामिबिया २ अङ्क भए पनि नेट रन रेटका आधारमा तेस्रो स्थानमा छ।



