काठमाडौँ : सौन्दर्यको प्रतीक फूल मन नपराउने को होला र ? गत वर्ष जस्तै ढकमक्क फुल्ने आरुफूल यस वर्ष भने फागुनको अन्तिम हुँदासम्म फुलेका छैनन्। गत वर्ष फागुनको पहिलो हप्तासम्म लटरम्मै फुलेका आरुफूल (Flowering Peach), यस वर्ष फागुनको तेस्रो हप्ता सम्म फुलेका छैनन् तर अधिकांश फूलका रुखहरू मरेका जस्तो देखिन्छ।

गत वर्ष फागुनमा ढकमक्क भई फुलेर काठमाडौँका विभिन्न सिनामंगल, लाजिम्पाट क्षेत्रहरूमा मगमग बस्न आउने तथा सौन्दर्यको प्रतीक बनाएको आरु फूल, यस वर्ष भने रुखहरू रित्तै तथा मरेका जस्तै देखिन्छ। के साँच्चिकै अब लोप हुन्छन् त आरुफूल ?
यस वर्ष आरुफूलमा गम्भीर प्रकारका रोग लागेको देखिन्छ। के ? साँच्चिकै काठमाडौँको वातावरण नराम्रो सँग बिग्रँदै गएर विभिन्न क्षेत्रमा फुलेका फूल, रोगको सिकार बन्दै गएका त होइनन्। यस्तै, अवस्थामा रहिरहे निकट भविष्यमा विभिन्न प्रजातिका फूलहरू नै सङ्कटको अवस्थामा पुग्ने निश्चित जस्तै देखिन्छ।

यसर्थ, विश्वको बढ्दो तापमान र प्रदूषित वायुमण्डलले वातावरण नराम्रो सँग बिग्रँदै छ भन्ने पुष्टि गरिरहेको देखिन्छ। यसबारे हामी, वातावरण संरक्षण परिषद् सरकार तथा जनताहरू बेलैमा सचेत हुन जरुरी छ। यसरी नै वायुमण्डलको प्रकोपले बर्षेनि विभिन्न प्रकारका फूलहरू नष्ट हुँदै जाने हो भने पछि आउने सन्ततिले सबै फूलहरू चित्रमा मात्र देख्न पाउने छन्।



