काठमाडौँ : संसारकै जिवितमध्ये सबैभन्दा वृद्ध पुरूष मानिएका जोन अल्फ्रेड टिनिसउडको १ सय १२ वर्षको उमेरमा बेलायतमा निधन भएको छ। लामो आयुको रहस्यबारे सोधिने प्रश्नमा उनी साधारणत: भन्थे "कोही थोरै बाँच्छन्, कोही धेरै बाँच्छन्। त्यसमा तपाईंले धेरै केही गर्न सक्नुहुन्न।"
अब संसारकै जिवितमध्ये सबैभन्दा वृद्ध व्यक्ति जापानकी टोमिको इटुका हुन्। उनी अहिले १ सय १६ वर्षकी छन्।



