२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो आगामी १७ देखि १९ फागुनसम्म काठमाडौँमा हुने

images

  • २०८० फागुन १५, मंगलबार
  • 836
    SHARES
  • सातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो आगामी १७ देखि १९ फागुनसम्म काठमाडौँमा हुने

    काठमाडौँ : सातौँ नेपाल मेडिकल तथा ल्याब एक्स्पो आगामी १७ देखि १९ फागुनसम्म काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन हुने भएको छ। एक्स्पोको आयोजना एचडी प्रोमो मिडियाले ईईपीसी भारत र केमिकल एन्ड मेडिकल सप्लायर्स एसोसिएसन अफ नेपाल (केमसान) सँगको सहकार्यमा गर्न लागेको हो।


    प्रर्दशर्नीमा नेपाल, भारतसहित अरू ६ वटा देशका गरी कुल ३०० वटा स्टल राखिने बताइएको छ। त्यसमा स्वास्थ्य उपचारका लागि आवश्यक नयाँ नयाँ प्रविधि, उत्पादन र आविष्कारहरू तथा विश्वभरका मेडिकल टेक्नोलोजी, डाइग्नोष्टिक, ल्यावरोटरीहरुको प्रदर्शनी हुने आयोजकले जानकारी दिएको छ।

    ‘यस प्रदर्शनीमा खास गरी हेल्य केयर, फार्मास्यिुटिकल्स तथा रिसर्च सेन्टरले प्रयोग गर्दै आइरहेका सामग्रीहरूको प्रदर्शन गरिनेछ। यसले खरिदकर्तालाई नयाँ उत्पादनबारेमा बुझ्न मौका मिल्नेछ, व्यापार प्रवर्द्धनमा पनि सघाउने छ र मुख्य कुरा देशको मेडिकल क्षेत्रले नयाँ नयाँ टेक्नोलोजीबारे जान्ने अवसर पाउने छ। आयोजक मध्येका एक केमसान नेपालका अध्यक्ष भक्त हमालले बताउनु भयो।

    उनले गत वर्ष भएको छैटौँ संस्करण पछि पाएको सकारात्मक प्रतिक्रियाले सातौँ एक्स्पोका लागि सहयोग पुगेको समेत जानकारी दिनु भयो।उनले एक्स्पोले विभिन्न स्तरका नयाँ नयाँ प्रयोगहरू तथा विविध उत्पादनबारे जान्ने अवसर प्रदान गर्नुका साथै क्रेता र बिक्रेतालाई साझा मञ्चमा ल्याउन सक्ने बताउनु भयो।

    एसडी प्रोमो मिडिया प्रालिका परियोजना प्रमुख अनुरोध परासरले अघिल्ला संस्करण भन्दा यो संस्करण फरक हुने भन्दै विभिन्न मूल्यका नवीन उपकरण तथा सामग्रीहरूको बारेमा देशभरिका ग्राहकहरूको माग सम्बोधनका लागि प्रयास गर्ने बताउनु भयो।

    हमालले एक्स्पोबाट साना तथा ठुला कम्पनीहरूलाई एक अर्कासङ परिचय तथा सम्बन्ध बढाउँदै आफ्ना सृजनाहरूलाई परिचित गराउने सुनौलो अवसर दिने समेत बताउनु भयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ